९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


देवी कुमारीद्वारा नागरिकलाई टीका र प्रसाद ग्रहण


273
Shares

काठमाडौं । तलेजु भवानीको प्रतिक जीवित देवी कुमारीबाट आमनागरिकले टीका र प्रसाद ग्रहण गरेका छन् ।

बसन्तपुरस्थित कुमारी घरमा ९ ग्रहमाथि मयूरसहितको स्वर्णासनमा आसिन कुमारीले तान्त्रिक विधि अनुसार पूजा गरिसकेपछि नागरिकलाई टीका दिनुभएकाे हाे । तलेजु मन्दिरमा कुमारीको तान्त्रिक विधिअनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पूजा गर्ने चलन रहेकाे छ ।

कुमारीको पूजा गर्नाले समृद्धि र जीवनयापनका लागि शक्ति प्राप्त हुने धार्मिक मान्यता रहेकाे छ ।