
एजेन्सी । अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।
ल्याटिन अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै मेस्सीले कतार आफ्नो अन्तिम विश्वकप हुने बताएका हुन् । अर्जेन्टिनालाई यस विश्वकपको उपाधिको दाबेदार टिम मानिएको छ । सन् २०२१ म कोपा अमेरिका जितेपछि अर्जेन्टिना विश्वकपको उपाधि दाबेदार टिम बनेको हो । अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित समेत रहेको छ । मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्ना लागि अन्तिम हुने घोषणा गर्दैे विश्वकप जित्ने आफ्नो चाहाना रहेको बताएका छन् । सन् २०१४ मा मेस्सी विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता जित्ने सम्भावनाको निकै नजिक पुगेका थिए ।
पीएसजीका फरवार्ड समेत रहेका मेस्सीले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए । तर फाइनल खेलमा अर्जेन्टिनाले जर्मनीसँग हार ब्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्