
काठमाडौं । प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भेट्नु भएको छ ।
आज शुक्रबार प्रहरी वृत्त गौशाला पुगेर अध्यक्ष चन्दले लामिछानेसँग भेट्नुभएको हो । गत भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।
लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले गत भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । विदेशमा क्रिकेट खेलिरहेका लामिछाने आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सम्पर्कबिहीन भएका थिए ।
पक्राउ पूर्जीको १ महिनापछि लामिछाने बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । नेपाल प्रहरीको इन्टरपोल शाखाले लामिछानेविरुद्ध डिफ्युजन सूचना जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्