
काठमाडाैं । कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो । मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साता अघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछिकोे बाढीले बग्ने अवस्थामा नै पुगेको हो ।
निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दूरी डेढ मिटरमात्र रहेको स्थानीयले समयमा पुल जोगाउन नसकिए आवातजावत नै बन्द हुने चिन्ता व्यक्त गरेका छन् । २०६७ मा निर्माण भएको पुलमा दैनिक १० हजार बढीले आवतजावत गर्छन् ।
तर पुलको कटान रोकथामका लागि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पुलको अवस्था बुझेर तत्काल कटान रोकथामको प्रक्रिया थाल्ने बताउनुभयो । कञ्चनपुर प्रशासनसँग पनि समन्वय गरेर प्रक्रिया अगाडि बढाउने उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्