
काठमाडौं । निरन्तर परिरहेको भारी वर्षाका कारण प्युठान र भालुबाङ्ग जोड्ने सडक खण्ड अन्तर्गतका आधा दर्जन स्थानमा ठूलो पहिरो गएकाे छ ।
जसका कारण जिल्लाबाट उपचारका लागि बाहिर जाने बिरामीको बिचल्ली भएको हाे । जिल्ला अस्पताल प्युठानबाट थप उपचारको लागि बुटवल, भैरहवा रेफर गरिएका बिरामी सडकमा पहिरो गएका कारण एम्बुलेन्सभित्र छट्पटाउनुपर्ने बाध्यता सिर्जना भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार सरुमारानी गाउँपालिका–२ ददेरी, वडा नम्बर ४ खहरे खोला लगायतका स्थानमा पहिरो गएको छ ।
त्यस्तै, माण्डवी गाउँपालिका–१ सिमलचौर, माण्डवी–५ चेरनेटामा समेत पहिरो झरेको छ । एउटै बाटोका ठाउँ ठाउँमा पहिरो झरेकाले डोजरले समेत बाटो खोल्न सक्ने अवस्था नरहेको बताइएको छ । ठाउँठाउँमा पहिरो जाँदा एम्बुलेन्समा रहेका बिरामीको बिजोग भएको छ ।
प्रतिक्रिया दिनुहोस्