१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


यो वर्षको नोबेल शान्ति पुरस्कार बिलियाट्स्की तथा रुस र युक्रेनका मानव अधिकार संगठनलाई


182
Shares

काठमाडौं । यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी एलियास बिलियाट्स्की तथा रुसी मानव अधिकार संगठन मेमोरियल र युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीजलाई दिने घोषणा गरिएको छ ।

नोबेल शान्ति पुरस्कार समितिले उनीहरूलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

आगामी डिसेम्बर १० तारिखमा उनीहरूले उक्त पुरस्कार प्राप्त गर्नेछन् ।

हाल अधिकारवादी बिलियाट्स्की मुद्दा सुनुवाइ गरिनुअघिको थुनामा छन् । साठी वर्षीय बिलियाट्स्की बेलारुसको भीआस्ना ह्युमन राइट्स सेन्टरका संस्थापक हुन् । उक्त संस्था बेलारुसका अधिनायकवादी नेता एलेक्सान्डर लुकाशेन्कोले सडक प्रदर्शनमा गरेको दमनपछि सन् १९९६ मा स्थापना गरिएको थियो ।

सेन्टर फर सिभिल लिबर्टीज (सीजीएस) युक्रेनका अग्रणी मानव अधिकार संस्थामध्ये एक हो । पूर्वसोभियत संघका नौ सदस्य मुलुकले किएभमा रहनेगरी सीमापार मानव अधिकारका विषयलाई सम्बोधन गर्न सन् २००७ मा सीजीएस स्थापना गरेका थिए ।

स्थापना भएयता सीजीएसले अधिनस्थ क्राइमियामा राजनीतिक दमनको पर्यवेक्षण, डोन्बासमा मानवताविरोधी अपराध र युद्ध अपराधको दस्तावेजीकरण गरेको छ ।

नोबेल पुरस्कार पाउनेमध्ये रुसकै सबैभन्दा पुरानो मेमोरियल नामको मानव अधिकार समूह पनि छ जुन यसै वर्षको प्रारम्भतिर बन्द भएको थियो । करिब ३० वर्षसम्म मेमोरियलले सोभियत कालका मारिएका जेलमा राखिएका अथवा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याउने काम उत्त संस्थाले गरेको थियो ।

सन् २०२१ को डिसेम्बरमा रुसको सर्वोच्च अदालतले मेमोरियल र त्यसका शाखाहरूलाई बन्द गर्न आदेश दिएको थियो ।