१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधि र प्रदेश सभाको उम्मेदवारी दर्ता गर्न कति धरौटी राख्नु पर्छ ?


260
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि भोलि आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता गर्दैछ ।

आयोगले बिहान १० देखि सॅाझ ५ बजे सम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।

आयोगले उम्मेदवारी दर्ताका लागि कुनै पनि शुल्क तोकेको छैन । तर, उम्मेदवारले धरौटी रकम भने जम्मा गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ ।

तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।