१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु


78
Shares

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लमहीबाट भालुबाङ्ग जाँदै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल शुक्रबार राति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटना हुँदा मोटरसाइकलमा चढेका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राप्ती गाउँपालिका–६ लठ्ठहवा बस्ने ३६ वर्षीय सुलेश चौधरी र ३६ वर्षकै लाहनु चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने दुवैजना सशस्त्र प्रहरी जवान रहेको बताइएको छ ।

बाढीपीडितको उद्धारमा खटिएका उनीहरू कार्यालय फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।