
काठमाडौं । सन् २०२४ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोट खेल्ने सबै राष्ट्रको टुंगो लागेको छ ।
छनोटमा नेपालले डिभिजन टूबाट आएका २ टोलीसहित ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन टूमा बहराइन, भुटान, साउदी अरब, ओमान, कतार, हङकङ, सिङ्गापुर र थाईल्याण्ड रहेका थिए । यी आठ टिमबाट शीर्ष दुईमा रहेका सिङ्गापुर र हङकङ डिभिजन वानमा प्रवेश गरेका छन् ।
यी टिमले डिभिजन वानमा रहेका टिमसँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन वानमा नेपाल, यूएई, मलेसिया र कुवेत रहेका छन् । यस डिभिजनबाट शीर्ष एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् ।
प्रतिक्रिया दिनुहोस्