१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रियंका चोपडाले इरानी महिला महसा अमिनीको गरिन् प्रशंसा

'पोस्ट सेयर गर्दै भनिन्, 'तिम्रो सोच र भावनालाई सलाम''

78
Shares

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले इरानमा भइरहेको महिला आन्दोलनलाई समर्थन गरेकी छिन् । यस विषयमा प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल एक पोस्ट सेयर गरेकी छिन् ।

इरानमा महसा अमिनीको मृत्यु भएपछि त्यहाँका महिलाहरूले सरकार र प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रियंकाले भनेकी छिन्, ‘कि जुन आवाज मौन थियो, त्यो आगामी दिनमा ज्वालामुखी जस्तै फुट्नेछ ।’ साथै उनले इरानी महिलाको साहस र भावनाको पनि प्रशंसा गरेकी छन् ।

प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘महसा अमिनी नामकी युवती जसलाई इरानको मोरालिटी पुलिसले हिजाब राम्रोसँग नलगाएको कारण मारेको थियो, आज त्यस निर्दोष केटीको समर्थनमा इरानसहित विश्वभरका महिलाहरु आवाज उठाइरहेका छन्, सार्वजनिक रूपमा कपाल काटेर विरोध गरिरहेका छन् । आजसम्म मौन रहेका आवाजहरू आगामी दिनमा ज्वालामुखीझैँ फुट्नेछ ।”

आफ्नो पोस्टमा इरानी महिलाको प्रशंसा गर्दै प्रियंकाले थप लेखेकी छिन्, ‘म तिम्रो साहस र जोशको प्रशंसा गर्छु, आफ्नो ज्यान जोखिममा पार्नु सजिलो काम होइन । तिमी साहसी नारी हौ जो हरेक दिन मृत्युसँग लडिरहेका छौ । प्रियंकाले आफ्नो पोस्टमा सरकारमा बसेका व्यक्तिहरूलाई सबै कुरा छोडेर यो आन्दोलनमा सहभागी हुने महिलाको समस्या बुझ्ने प्रयास गर्न अपिल गरेकी छन् । प्रियंकाले आफ्नो पोस्टमार्फत जनतालाई यो आन्दोलनमा बढीभन्दा बढी सहभागी हुन अपिल गरेकी छन् ।

हिजाब राम्रोसँग नलगाएको भन्दै इरानको मोरालिटी पुलिसले महसा अमिनीलाई पक्राउ गरेको थियो, त्यसपछि उनको प्रहरी हिरासतमा मृत्यु भएको थियो । स्वास्थ्य बिग्रिएका कारण मेहसाको मृत्यु भएको प्रहरीले जनाएको थियो तर, स्थानीयले भने उनको मृत्यु प्रहरीको कुटपिटबाट भएको बताएको छ ।