
काठमाडौं । प्रदेश सभाका ५६ र प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।
झापा १ मा अग्नि खरेल र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिने हुनुभएको छ । क्षेत्र नम्बर ३ एमालेले राप्रपालाई सघाउने भएको छ । प्रदेशसभा तर्फ १ (क) मा पूर्व सांसद रविन कोइरालालाई टिकट दिइएको छ । यद्यपि उहाँले प्रदेशमा नउठ्ने धारणा सार्वजनिक गर्दै आउनुभएको छ ।
मोरङ १ मा घनश्याम खतिवडाले टिकट पाएका पाउनु भएको छ । प्रदेश २ ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल र ४ मा विनोद ढकाल छनोटमा पर्नुभएको छ । मोरङ ५ जसपाले पाएको छ । मोरङ ६ बाट लालबाबु पण्डितले टिकट पाउनु भएको छ ।
सुनसरी क्षेत्र नम्बर १ एमालेले जसपालाई छाडेको छ । क्षेत्र नम्बर २ मा भीम आचार्य, ३ मा भगवती चौधरी र ४ मा जगदिश कुसीयैतले टिकट पाउनुभएको छ । यस्तै, उदयपुर १ मा मञ्जु चौधरी र २ मा ज्ञानेन्द्र श्रेष्ठ उठ्दै हुनुहुन्छ । ताप्लेजुङमा योगेशकुमार भट्टराई उम्मेदवार हुने निश्चित भएको छ । धनकुटामा राजेन्द्र राईले बाजी मार्नु भएको छ । इलाम १ मा काजीमान कागते र २ सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा सदस्यको टिकट पाउनुभएको छ ।
संखुवासभा राजेन्द्र गौतमको भागमा परेको छ । खोटाङमा विशाल भट्टराई रोजाईमा पर्नुभएको छ । यसैगरी सोलुखुम्बुमा मानवीर राई प्रत्यासी हुनुहुने छ । यस्तै, ओखलढुंगामा यज्ञराज सुनुवार उठ्दै हुनुहुन्छ । पाँचथर बसन्त नेम्वाङ, भोजपुरमा शेरधन राई प्रत्यासी बन्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्