७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बाढीले बर्दियाकाे जब्दिघाट पुल बगायो


234
Shares

बर्दिया । मंगलबार रातिदेखिको अविरल वर्षाका कारण बाढीले बबई नदीको जब्दिघाटको पुल बगाएको छ ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल ८ वर्ष अघि निर्माण भएको थियो । २०७१ सालमा बबईमा आएको बाढीले उक्त पुलकोबीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।

केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा पुल क्षतिग्रस्त भएकाे थियाे । पुलकोबीच भागको स्पान र स्पर पिलर बगाएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।