५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक


650
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले आज आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए ।

उक्त बन्दसूची माथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।