
एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूरले दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने भएमा छन् ।
भारतीय सञ्चार माध्यामका अनुसार ‘पुष्पा २’ लाई बलिउड टच दिनका लागि निर्माताले अर्जुन कपुरलाई फिल्ममा कास्ट गर्ने योजना बनाएका छन् ।
यस फिल्ममा अर्जुनलाई पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ । निर्माता फिल्मलाई ठूलो बनाउन चाहन्छन् र बलिउड उद्योगका दर्शकलाई पनि जोड्न चाहन्छन् ।
यो फिल्ममा अर्जुन कपूर देखिने भए यो उनको पहिलो तेलुगु फिल्म हुनेछ । यसैबीच, अर्जुनका फिल्मले बलिउडमा खास केही गर्न सकेका छैनन् । हालै रिलिज भएको उनको फिल्म ‘एक भिलेन रिटर्न्स’ले पनि दर्शकलाई खासै प्रभावित गर्न सकेन ।
यो अवस्थामा अर्जुनका लागि यसअघि नै हिट भइसकेको ‘पुष्पा’को सिक्वेलमा देखिनु करियरका लागि नयाँ उचाइ हुने विश्वास गरिएको छ । यसबारे अर्जुनले अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरेका छैनन् ।
हालसालै साई पल्लवी ‘पुष्पाः द रुल’को हिस्सा बन्ने खबर आएको थियो । तर पुष्पाका निर्माता रविशंकरले एक अन्तर्वार्तामा यी समाचार झुटो भएको भन्दै खण्डन गरेका थिए ।
‘पुष्पाः द राइज’ गत वर्षको डिसेम्बर १७ मा रिलिज भएको थियो । फिल्ममा अल्लू अर्जुनले ‘पुष्पाराज’ र अभिनेत्री रश्मिका मन्दानाले ‘श्रीवल्ली’को भूमिकामा अभिनय गरेका थिए ।
फिल्म ‘पुष्पा’ ले विश्वव्यापी रुपमा ३ सय ५० करोड बढी कलेक्सन गरेको थियो । फिल्म ‘पुष्पा २’ को बजेट निर्माताले ४ सय ५० करोड बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्