
काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले आगामी मंसिर १२ गते विवाह गर्ने भएका छन् ।
३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । यति लामो प्रेमलाई दुवैले अन्नत: विवाहमा परिणत गर्ने निर्णय गरेका छन् ।
करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् ।
पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा अनुसार गरिने योजनामा छ ।
कामको कुरा गर्दा सलोनले अभिनय गर्ने फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्