
नवीन सिंह
जनकपुर । मिथिलाञ्चल क्षेत्रसहित जनकपुरधाममा कोजाग्रत पूर्णिमा विशेष धूमधामका साथ मनाइँदैछ ।
जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष धुमधामसँग गरिने कोजाग्रतका लागि बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

असोज पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा जानकी मन्दिरमा पूजापाठका लागि प्रत्येक वर्ष जस्तै महोत्तरीको रतौलीबाट आउने पाहुर आइतबार बिहानै आएको छ ।

वर्षौदेखि कोजाग्रत पूर्णिमाका दिन बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफुल मिठाई दहि च्यूरा, पान मखान सहितका १ सय ८ वटा पाहुर आउने गरेको छ । यो परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।

जानकी मन्दिरमा मात्रै होइन मिथिलाञ्चलको प्रत्येक घरमा भगवान रामजानकीलाई पूजापाठ गरी कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको विशेष पूजा हेर्न जानकी मन्दिरमा राति हजारौँको संख्यामा भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्