२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सिन्धुली –१ मा कांग्रेसले श्याम घिमिरेलाई दियो टिकट


377
Shares

सिन्धुली । नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नम्बर –१ मा श्याम घिमिरेलाई टिकट दिएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका घिमिरेलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले सिन्धुली –१ बाट उम्मेदवार बनाएको हो । सिन्धुलीमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी सत्ता गठबन्धनमा क्षेत्र नम्बर –२ भने माओवादीको भागमा परेको छ ।

क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रले लेखनाथ दाहाल (राजन) लाई टिकट दिएकोछ । सत्ता गठबन्धनका उम्मेदवार घिमिरे कांग्रेसमा अध्यनशील, बौद्धिक र उद्यमशील नेताका रुपमा चिनिनुहुन्छ । कतिपय सिन्धुलीका कांग्रेस नेता कार्यकर्ताले घिमिरे केन्द्रीय सदस्य भएकाले सहजै टिकट पाएको बताएका छन् । कांग्रेसको सिन्धुली जिल्ला कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि घिमिरेको नाम प्राथमिकताका साथ सिफारिस गरेको थियो ।

गठबन्धनमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एक–एक क्षेत्र भागबण्डा गरेका हुन् । नेकपा एमालेले भने सिन्धुली–१ मा प्रदीप कटुवाल र सिन्धुली –.२ मा मनोजजंग थापालाई टिकट दिएको छ ।