११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रदेश–७ को नाम र राजधानी सुझाव समितिले प्रतिवेदन बुझायो


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ ५ । प्रदेश नम्बर–७ को नाम र स्थायी राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन पेस गर्नका लागि गठन गरिएको विशेष समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।

गत साउन १४ गते गठन गरिएको सो समितिका सभापति तारा लामा तामाङले २२ दिनपछि सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन् ।

सुझाव प्रतिवेदन बुझ्दै प्रदेश सभामुख थापाले छिट्टै प्रदेशसभामा पेस गर्ने बताए ।

संयोजक तामाङले सबैलाई मान्य हुनेगरी नाम र राजधानीका विषयमा प्रतिवेदन तयार गरेको जिकिर गरे ।

उनले प्रदेशसभाका सदस्य, संघीय संसदका सदस्य, विभिन्न विज्ञहरुसँग छलफल गरेको बताए ।

समितिले बुझाएको प्रतिवेदन सर्वसम्मत् हुने संयोजक तामाङले दाबी पनि गरे ।