९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप २२ कोरोना संक्रमित, २३ संक्रमणमुक्त


65
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६१ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ३ सय जनाको पीसीआर र ४ सय ६१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।