३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


इरानमा प्रहरी हिरासतमा युवतीको मृत्युपछि विरोध प्रदर्शन चर्किदै


117
Shares

काठमाडौं । इरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरू भएको विरोध प्रदर्शनले उग्ररूप लिन थालेको छ ।

प्रर्दशनका सहभागीहरूले ठाउँ-ठाउँमा आगजनी गर्नुका साथै सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको हाे । झडपका क्रममा दुवैतर्फ थुप्रै घाइते भएका छन् । प्रदर्शन नियन्त्रणका लागि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकै क्रममा हालसम्म कम्तिमा १९ जना बालबालिकासहित १ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

गत सेप्टेम्बर १७ मा कुर्द सहर साकेजमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा हत्यापछि अन्त्येष्टि भएको दिनदेखि प्रदर्शन सुरू भएको हो । उक्त विरोध प्रदर्शन इरानका धर्मगुरूहरूका लागि वर्षौंमा सबैभन्दा ठूलो चुनौतीमा परिणत भएको छ।प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सत्ताच्यूतका लागि आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इरान सरकारले प्रत्यक्ष गोलीको प्रयोगलाई अस्वीकार गर्दै आएको छ । इरान सरकारले भने विरोध प्रदर्शनलाई संयुक्त राज्य अमेरिका लगायत इरानका शत्रुहरूले गरेको षड्यन्त्रको रूपमा व्याख्या गरेको छ । जारी हिंसामा परी सुरक्षा बलका करिब २० जनाकाे मृत्यु भएकाे त्यहाँकाे सरकारले गरेकाे छ ।