
काठमाडौं । नेपालमा साेमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदैछ ।
जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रीन हाइड्रोजन सम्मेलनकाे आयोजना गरिएको हो ।
एमआईटी ग्रूप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा सम्मेलन आयोजना गरेका हुन् ।
दुई दिनसम्म हुने सम्मेलनमा हरित हाइड्रोजन सम्बन्धमा वृहत छलफल हुने जनाइएको छ । साेही सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलनः पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्