
काठमाडौं । कालिकोटमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएका छन् ।
तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । मलामी गएका उनीहरूलाई पहिरोले बगाएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।
साेही सूचनाकाे आधारमा प्रहरी खोजी कार्यका लागि घटनास्थलतर्फ गएको हाे । यसैगरी राँचुली गाउँमाथिबाट आएको पहिरोले २ सय घरपरिवार विस्थापित भएका छन् । उनीहरूलाई अस्थायी बसोबासका लागि कालिका माध्यमिक विद्यालयमा राखिएको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्