
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका श्रीमान् निर्माता विग्नेश शिवन विवाहको ४ महिनापछि सरोगेसी मार्फत जुम्ल्याहा बच्चाको आमाबाबु बनेका छन् ।
विग्नेशले सामाजिक सञ्जाल मार्फत एक पोस्ट सार्वजनिक गर्दै आफूहरू आमाबाबु बनेको जानकारी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार विग्नेशले आइतबार नयनतारा र आफू जुम्ल्याहा बच्चाहरूको आमाबाबु बनेको बताएका थिए । साथै विग्नेशले इन्स्टाग्राममा जुम्ल्याहा बच्चाको खुट्टाको तस्वीर सार्वजनिक गरेका थिए ।
चलचित्र क्षेत्रसँग आबद्ध भएका नयनतारा र विग्नेशको लामो समयदेखि एक आर्काको प्रेममा थिए । उनीहरू प्रेम सम्बन्धमा रहेको ६ वर्ष पछि २५ मार्च २०२१ मा इन्गेजमेन्ट गरे ।
२०२२ जुन १० मा विवाह गरेका उनीहरूले विवाहको ४ महिनापछि जुम्ल्याहा सन्तानलाई जन्म दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्