७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पाँचथरमा १९ जनाको उम्मेदवारी दर्ता


65
Shares

पाँचथर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यकाे निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएका १५ मध्ये ४ जना स्वतन्त्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ । प्रतिनिधि सभा सदस्यका लागि यस जिल्लाबाट कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्वे, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बसन्तकुमार नेम्वाङ, नेकपा मालेका पोलिटव्यूरो सदस्य दिनानाथ घिमिरे, संघीय लोकतान्त्रिक मञ्चका जसबहादुर योङहाङ, जनता समाजवादी पार्टीका प्रेमराज लावती, राप्रपाका कमलबहादुर चेम्जोङ, राप्रपा नेपालका मदनकुमार पोखरेल, जनमुक्ती पार्टीका नरेन्द्र कुरुम्वाङ, जनसमाजवादी पार्टीका भीमबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङदेन, मंगोल नेशनल अर्गनाइजेशनका रामकुमार तुम्रोक र स्वतन्त्रवाट बालकृष्ण काफ्ले, लाखबहादुर पालुङवा, दलबहादुर आङदेम्बे र बिष्टन लावतीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

त्यस्तै, प्रदेश सभाका लागि प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीकातर्फबाट कमलप्रसाद जबेगु, एमालेका राजकुमार भण्डारी, संघीय लोकतान्त्रिक मञ्चका सागर केरुङ, राप्रपाका ओम बजगाई, राप्रपा नेपालका नेत्रकुमार बस्नेत, राष्ट्रिय जनमुक्ती पार्टीका दुर्गाप्रसाद सावा, राप्रपाका ओम बजगाई, जनता समाजवादी पार्टीका मचिन्द्र बेघा, मंगोल नेशनल अर्गनाइजेसनका मनकुमार गुरुङ र स्वतन्त्रबाट सञ्चकुमार केरुङ र इन्दिरा धौरालीको उम्मेदवारी परेको छ ।

त्यस्तै, प्रदेश सभा (ख) का लागि नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबाे (मौसम) नेकपा एमालेका अइन्द्रकुमार नेम्वाङ, राप्रपाका सगुनसुन्दर लावती, राप्रपा नेपालकी चन्द्रमाया बाेहोरा, जनमुक्ती पार्टीका सुर्यहाङ तुम्बापो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपेन्द्र चेम्जोङ, जनता समाजवादी पार्टीका एबिराज आङदेम्वे र स्वतन्त्रवाट खड्गसुन्दर लावतीको उम्मेदवारी परेको हो ।

जिल्लामा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका हुन् ।