
काठमाडौं । काठमाडौंमा भारतीय नागरिकको हत्या वीभत्स हत्या भएको खुलेको छ ।
काठमाडौं–१९, रामघाटमा दशैंको टिकाको दिन हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने भारत, कोलकाताका ४७ वर्षीय दिलिप आदकको हत्या भएको प्रहरीले जनाएको छ । उनको १९ असोजमा हत्या भए पनि प्रहरीले सार्वजनिक गरेको थिएन ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले हालै घटनामा संलग्न रहेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–२, हांसवाका २५ वर्षीय राजाबाबु भनिने श्रीलाल ठाकुरलाई पक्राउ गरेको छ ।
टिकाको दिन कोठा बाहिर ताल्चा लगाएको अवस्थामा भित्रबाट गन्ध आएपछि घरका अन्य मानिसहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसक्रममा आदकको शव रगताम्ये अवस्थामा भेटिएको थियो ।
कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले ठाकुर र मृतक केही महिनादेखि सँगै काम गर्दै आएकाे अनुसन्धानबाट खुलेकाे बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्