
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज मंगलबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।
उम्मेदवार विरुद्ध सोमबार परेका उजुरीमाथि मंगलबार दिनभर छानबिन गरेर साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन भोलि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।
बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन तालिका छ ।
उम्मेदवार विरुद्ध उजुरी दिन आयोगले सोमबार १० देखि ३ बजेसम्मको समय दिएको थियो । उक्त समयभित्र देशैभर विभिन्न उम्मेदवारहरु विरुद्ध उजुरीका चाङ परेका छन् । आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्