
एजेन्सी । भारतबाट ओस्कारको लागि २०२३ मा मनोनयनमा परेको गुजराती फिल्म‘छेल्लो शो’ (द लास्ट शो) का बाल कलाकार राहुल कोलीको २ अक्टोबरमा निधन भएको छ ।
राहुलको क्यान्सरका कारण १५ वर्षको उमेरमा निधन भएको हो । फिल्मको सुटिङपछि राहुलको परिवारलाई राहुललाई क्यान्सर भएको थाहा भयो । फिल्म रिलिज हुनु केही दिनअघि नै राहुलको निधनले सबैलाई स्तब्ध बनाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार राहुलले गत आइतबार अर्थात अक्टोबर २ मा ब्रेकफास्ट गरे, त्यसपछि उनलाई बारम्बार ज्वरो आएको थियो । राहुलले तीन पटक रगत बान्ता गरे र उनको निधन भयो।
राहुलले फिल्म ‘छेल्लो शो’ मा उत्कृष्ट काम गरेका छन् र फिल्म फेस्टिभलमा उनको कामको निकै प्रशंसा भएको छ । फिल्ममा राहुलको अलावा ऋचा मीना, भावेश श्रीमाली, परेश मेहता र टिया सबेचियनको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
गुजराती भाषी उक्त फिल्म पान नलिनद्वारा लिखित र निर्देशित एक गुजराती फिल्म हो । फिल्मको पूरै कथा एक गाउँका बालकमा आधारित छ । १ घण्टा १० मिनेट लामो फिल्म ओस्कारमा भारतको तर्फबाट सिफारिस भएपछि सबैलाई चकित तुल्याएको छ ।
फिल्म अक्टोबर १४ मा रिलिज हुने छ ।
प्रतिक्रिया दिनुहोस्