१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सहुलियतपूर्ण कर्जाको ब्याजमा सरकारको १९ अर्ब खर्च


104
Shares

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा मात्रै करिब १९ अर्ब रुपैयाँ खर्च गरेको छ ।

बजेट वक्तव्य अनुसार मन्त्रिपरिषदले निर्णय गरेर २०७५ बाट विभिन्न ७ प्रकारका कर्जामा सरकारले ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले साेही अनुसार सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ मन्त्रिपरिषदबाट स्वीकृत गराएर कार्यान्वयनमा ल्याएको थियो । पछि त्यसलाई संशोधन गर्दै विभिन्न १० शीर्षकमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था समेत गरिएकाे थियाे ।

सोही सहुलियतपूर्ण कर्जाको लागि गत साउन महिनासम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । उक्त कार्यविधि अनुसार साउन २०७९ सम्ममा १ लाख ४७ हजार २३ ऋणीलाई २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये २ खर्ब १३ अर्ब ६६ करोड ४३ लाख ५७ रूपैयाँ बराबरको लगानी वक्यौता बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।