१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार


390
Shares

‍दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएकाे छ ।

११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेकोभन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेपछि घटना सार्वजनिक भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको बताउनु भयाे । उहाँले भन्नुभयाे,‘यौन दुर्व्यवहार हो की करणी नै हो भन्ने कुरा अनुसन्धान गरिरहेका छौं।’

आरोपी पोखरेलले आफ्नो घरमा काम गर्न बसेकी बालिकामाथि पटक-पटक यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडितले जाहेरी दिएकाे प्रहरी प्रमुख वलीले बताउनुभयाे ।

पीडितले दिएको जाहेरीका आधारमा आरोपी पोखरेलको खोजी कार्य भइरहेको जनाएको छ । पीडितको परिवारले भने मुद्दामा यौन दुर्व्यवहार भनिएपनि बालिकामाथि करणी नै भएको बताउँछ ।