२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँचथरमा मतदाताको संख्या घट्याे


52
Shares

पाँचथर । मतदाताको संख्या घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा १ लाख ४० हजार र्२ सय २४ मतदाता थिए । तर आगामी निर्वाचनका लागि जिल्लामा एक लाख ३८ हजार नौ सय ३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनभन्दा १ हजार २ सय ९२ मतदाता घटेको उहाँको भनाइ छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता अद्यावधिक गर्ने क्रममा मतदाताको संख्या घटेको पाइएको हो ।

मृत्यु भएका मतदाताको नाम हटाउने, दोहोरो परेका नाम हटाउने, बसाइँ सरी जाँदा मतदाता नामावली सार्नेजस्ता कारणले मतदाताको संख्या घटेको कार्यालय प्रमुख भट्टराईको भनाइ छ ।