१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक


377
Shares

काठमाडाैँ । सरोकारवालाहरुले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन् ।

आज काठमाडौंमा भएको अन्तरक्रियामा कानून विषयमा प्रध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताउनुभएको हो । उहाँले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गर्नुभयो ।

उहाँले हदम्याद क्षमता, पहुँच र अवसर नभएकाहरुका लागि हुनुपर्ने भएपनि पहुँच हुनेहरुले नै दुरुपयोग गरेको उल्लेख गर्नुभयो । हदम्याद बढाइएका कारण निश्चित मानिसहरु अन्यायमा परेको उहाँको भनाइ छ ।

घिमिरेले कसैले जाहेरी लिएर आएमा पहिले जाहेरीको सत्य, तथ्य बुझेर मात्रै दर्ता गर्नुपर्ने बताउनु भयो । जाहेरी दिए बापत सजाय नहुने र पक्राउ गरिहाल्नुपर्ने भएको हुँदा झुटो जाहेरी आउने गरेको उहाँको भनाइ छ ।