
काठमाडौं । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ ।
उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । त्यसपछि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने छ ।
उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले दिउँसो ३ बजेसम्ममा गर्नेछ ।
अन्तिम नामावली प्रकाशन भएलगत्तै बुधबार नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई बुधबार नै चिन्ह दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
निर्वाचन आयोगले मंगलबार प्रतिनिधि सभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्