१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुसमा फेसबुक र इस्ट्राग्रामको प्यारेन्ट कम्पनी मेटामाथि प्रतिबन्ध


91
Shares

काठमाडौं । रुसले फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटालाई ‘आतंकवादी एवं अतिवादी’ सूचीमा राखेको छ ।

रुसको वित्तीय अनुगमन एजेन्सी रोसफिन मोनिटरिङले अमेरिकी विशाल प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा थपेको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको हाे । युक्रेनमा रुसको सैन्य अभियानका क्रममा मेटाले गत मार्च १० मा ‘रुसी आक्रमणकारीहरूलाई मृत्यु’ जस्ता विज्ञप्तिहरू पोष्ट गर्ने अनुमति दिने घोषणा गरेको थियो ।

तर त्यस्ता पोष्ट युक्रेनभित्रबाट पोष्ट गर्ने प्रयोगकर्ताहरूमा मात्र लागू हुने बताइएको थियो । इन्स्टाग्राम रुसमा विशेष लोकप्रिय छ र विज्ञापन एवं बिक्रीका लागि यो एक महत्वपूर्ण प्लेटफर्म हो ।

मंगलबारको निर्णयले मेटालाई दक्षिणपन्थी राष्ट्रवादी समूहहरू, तालिबान, विदेशी आतंकवादी संगठन र रुसी विपक्षी समूहहरूको सूचीमा राख्ने भएकाे छ ।