
बागलुङ । बेमौसमी वर्षाका कारण बागलुङमा धान बालीमा क्षति पुगेको छ । लगातारको वर्षाले बागलुङमा पाक्ने बेला भएको धानबाली ढलाउँदा क्षति भएको हो ।
जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बाग्लुङ नगरपालिकाका केही क्षेत्रमा धान ढलेर सोत्तर भएको छ । यस्तै, दक्षिणी क्षेत्र जैमिनी र बरेङमा अन्य हिउँदे बालीमा समेत क्षति पुगेको छ ।
कृषि ज्ञान केन्द्र बागलुङले वर्षासँगै आएको हुरीले बालिलाई क्षति पुर्याएकाले धान उत्पादन घट्नसक्ने जनाएको छ ।
बाग्लुङमा यो वर्ष ६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले सबै पालिकामा वर्षाले पुर्याएको क्षतिको विवरण संकलन गरिरहेको बताउनुभएको छ ।
यस्तै, निसीखोला गाउँपालिकाका किबी फार्ममा बाढी पसेर क्षति पुगेको छ भने कागती र फलफूलका बगैँचा पनि बाढीले बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्