२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध !


572
Shares

काठमाडौं । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित हुनु हुनेभएको छ ।

अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुनु हुनेभएको हो । यद्यपि निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आजै १ बजेपछि गर्ने भएको छ ।

दोर्जेले आज बिहान १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुभयो । उहाँका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि मनाङेको एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुनुहुने भएको हो ।

मनाङे मनाङ प्रदेश ‘२’ मा कांग्रेस र एमालेको समर्थनमा निर्विरोध हुनुहुने भएको हो । उहाँले २०७४ को निर्वाचनमा एमालेको समर्थनमा जित्नु भएको थियो ।