
बर्दिया । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् ।
रेशमको उम्मेदवारी खारेजपछि सो क्षेत्रमा उनकै पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले व्यवहारिक रुपमा अघि सार्दै समर्थन गर्ने निर्णय गरेकाे छ ।
निर्वाचन आयोगले मंगलबार रेशमको उम्मेदवारी खारेज गरिदिएको थियो । लालवीरले बर्दिया–२ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
बर्दिया क्षेत्र नं. २ मा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने स्वतन्त्र उठेका उनका बुवा लालबिरले निर्वाचन लड्न छुट्टै चुनाव चिन्ह पाउने निर्वाचन अधिकृत नगेन्द्र लम्सालले बताउनुभयाे ।
लालवीर २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्