२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


एमालेबाट विद्रोह गरेका घनश्याम भूसालले पाए त्रिभुज चुनाव चिह्न


0
Shares

काठमाडौं । सत्ता गठबन्धनको समर्थनमा रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यक्रमअनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हो ।त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो ।

भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् । एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए ।