१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराउने नेटोको निर्णय


1.534k
Shares

काठमाडौं । नर्थ एटलान्टिक सन्धि संगठन (नेटो) मा आवद्ध केही राष्ट्रले युक्रेनका लागि अत्याधुनिक हातहतियार उपलब्ध गराउने घोषणा गरेका छन् ।

क्यानाडा, फ्रान्स र नेदरल्याण्ड्सले युक्रेनलाई तत्काल अत्याधुनिक हतियार र मिसाइल तथा राडार उपलब्ध गराउने निर्णय गरेका हुन । रुसले हालैका दिनमा युक्रेनको राजधानी किभ लगायतका शहरहरूमा गरेको मिसाइल आक्रमण पछि नेटोमा आवद्ध यी राष्ट्रहरूले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

बेल्जियमको ब्रसेल्समा भेला भएका नेटो राष्ट्रका प्रतिनिधिहरूले रुसको रवैयाप्रति खेद प्रकट गर्दै आगामी दिनमा युक्रेनलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकलाई सम्बोधन गर्दै अमेरिकी रक्षामन्त्री लर्ड अस्टिनले अमेरिका सधैं युक्रेनका साथ रहेको भन्दै अन्तिममा युक्रेनकै जीत हुने दाबी गर्नुभयो ।

अमेरिकाले यसअघि नै सैन्य सामग्री उपलब्ध गराउने घोषणा गरिसकेको छ भने जर्मनीले युक्रेनका लागि उच्च प्रविधीयुक्त प्रणाली उपलब्ध गराइसकेको छ । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले नेटोको निर्णयलाई ऐतिहासिक भन्नुभएको छ ।