१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ब्याजदरबारे निर्णय गर्न बैंकर्स संघको बैठक आज बस्दै

'ऋणको ब्याजदर थप बढ्ने'

442
Shares

काठमाडौं । आगामी कात्तिकमा निक्षेप तथा ऋणको ब्याजदरबारे निर्णय गर्न नेपाल बैंकर्स संघको बैठक आज बिहीबार बस्दैछ । बैंकर्स संघ स्रोतका अनुसार आगामी महिना वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाउने सम्भावना छ ।

ब्याजको आधार दर बढाएर त्यसकै अनुपातमा कर्जाको पनि ब्याज दर पनि बढाउने तयारी संघको रहेको बुझिएको छ । आधार दर शून्य दशमलव ५ प्रतिशतले बढाएर कर्जाको ब्याज पनि सोही अनुपातमा बढाइने स्रोतको भनाइ छ ।

असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर ९ दशमलव ५६ प्रतिशत रहेको छ । कतिपय बैंकहरुको भने आधार दर साढे १० प्रतिशत माथि रहेको छ ।

कर्जाको ब्याजदर बढाए पनि निक्षेपमा भने वाणिज्य बैंकहरुले ब्याजदर यथावत राख्ने भएका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले हरेक तीन महिनामा आधार दर हेरफेर गर्न पाउने नीतिगत ब्यवस्था अनुसार आधार दर बढाउन लागिएको हो ।

उद्योगी व्यवसायीहरुले कर्जाको ब्याज बढी भएको भन्दै हारगुहार गरिरहेको बेला बैंकहरुले पुनः कर्जाको ब्याज बढाउन लागेका हुन ।

सरकारले ब्याजदर निर्धारणबारे अध्ययन गर्न गठन गरेको कार्यदलले समेत ब्याजदरमा हस्तक्षेप गर्न नहुने सुझाव दिएकाले बैंक वित्तिय संस्थाहरुलाई ब्याज बढाउन बहाना भएको छ ।