१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रकुल प्रीत र ज्याकी भगनानी छिटै विवाह बन्धनमा बाँधिने


40.677k
Shares

एजेन्सी । भारतीय अभिनेत्री रकुल प्रीत सिंह र अभिनेता तथा निर्माता ज्याकी भगनानी छिटै विवाह बन्धनमा बाँधिने भएका छन् ।

हालै ऋचा चड्ढा र अली फजलले विवाह गरेका छन् र अहिले सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको विवाहको खबर चर्चामा छ । यसैबीच अब रकुल प्रीत र ज्याकी विवाह बन्धनमा बाँधिने खबर बाहिरिएको छ । सन् २०२३ मा उनीहरूले विवाह गर्ने रकुल प्रीतको भाइले खुलासा गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार रकुल प्रीत र ज्याकी प्रायः सँगै देखिन्छन् । उनीहरुको विवाहको खबरे सामाजिक सञ्जालमा चर्चाको बिषय बनेपछि रकुल प्रीतको भाइले उनीहरूको विवाह बारे खुलासा गरेका हुन् ।

रकुल प्रीतको भाइ अमनले रकुल प्रीतले ज्याकीसँग केही प्रोजेक्टमा काम गरिरहेको बताएका छन् । अमनले दुवैले एकअर्कालाई मन पराउँले र विवाह गर्न चाहेको तर, हाल विवाहको मिति तय नभइसकेको उल्लेख गरेका छन् । साथै अमनले रकुल प्रीतले ज्याकीसँग ठूला प्रोजेक्टमा काम गरिरहेको र हाल सो काममा व्यस्त रहेको प्रस्ट पारेका छन् ।

रकुल प्रीत ज्याकीसँगको प्रेमका कारण चर्चामा छिन् । ज्याकी भारतीय चर्चित फिल्म निर्माता वासु भगनानीको छोरा हुन् । वासुले छोरा ज्याकीको विवाह केही फरक ढंगले गर्न इच्छुक रहेको बताएका छन् । वासुले यसबारेमा रकुलले निर्णय लिने र विवाहको घोषणा पनि गर्ने बताएका छन् ।