१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उम्मेदवारी रद्द गर्ने अधिकार निर्वाचन अधिकृतलाई


468
Shares

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएको व्यक्ति योग्य हो वा होइन भन्नेकुराको निर्णय गर्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको बताएको छ ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी रद्द गर्ने अधिकार निर्वाचन अधिकृतलाई भएको बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका डा. कमल भुसालको उम्मेदवारी किन खारेज भएको ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्वाचन आयुक्त भुसालले यसको निर्णय निर्वाचन अधिकारीको हातमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले उम्मेदवार दिएको व्यक्ति योग्य हो वा होइन भन्नेकुराको निर्णयको अधिकार निर्वाचन अधिकृतलाई रहेको भन्दै निर्णय भइसकेको कुरालाई आयोगले क्षेत्राधिकार मिचेर यही हुनुपर्छ भन्न नमिल्ने बताउनुभयो । कानूनी रुपमा उपचार खोज्न आएको खण्डमा भने आधिकारिकता आइसकेपछि अदालत वा निर्वाचन आयोगको क्षेत्राधिकार कुनमा पर्छ त्यही अनुसार कानूनी कारबाही हुने उहाँको भनाइ छ ।

निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरुको कोषबाट रकम बुझ्ने व्यक्तिहरुलाई आयोगले उम्मेदवारको लागि योग्य ठहर गर्न नसक्ने बताउनुभयो ।