
काठमाडाैं । अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले पछिल्लो समय देशमा जनताले अनुभुति गर्नसक्ने कुनै राम्रा काम नभएकाले देशको नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले देश विकास गर्ने दृढ इच्छाशक्ति भएमा हरेक मानिसले देशको लागि सही काम गर्नसक्ने बताउनु भयो । उहाँले हरेक नेपालीहरु नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिन । पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन । कतिपयले पछिल्लो समय गरेका कामहरुले अहिले धेरै परिवर्तनहरु आइरहेका छन् । अहिले यसरी हामी बोल्न पाउनु, लोडसेडिङको अन्त्य हुनु भनेको कुलमान घिसिङ आउँदाको परिवर्तन हो । इच्छा शक्ति भएको मान्छे ठाउँमा पुग्यो भने काम गर्नसक्दो रहेछ । उदाहरण हो यो । सही व्यक्ति सही ठाउँमा पुग्नुपर्छ कुनैपनि चिज राम्रोसँग हुनका लागि । जो मान्छेले देश विकासको सम्भावना देखाउँछ, त्यो मान्छेलाई साथ दिएनौँ भने हामीलाई रुल गर्ने नालायकहरुले हुन्छ । हामीले हाम्रो नेतृत्वलाई खबरदारी गर्नसक्ने पोजिशनमा पुग्न जरुरी छ । सबै पार्टीले अवधारण ल्याउँछन्, बाटो, पानी ल्याउँछौँ, ग्याँस ल्याइदिन्छौँ, इन्टरनेट लगिदिने सुविधा दिन्छौँ भन्नुहोला, यो हामीले जन्मिनेबित्तिकै पाइने कुरा हो । यो विकास होइन । पानी ल्याउने, बाटो बनाइदिने कुरालाई विकासमा गनेर हुँदैन । यो हाम्रो आधारभुत आवश्यक्ता हो । सरकार बनेकै राम्रो सुविधा दिनको लागि हो । जनताले गरिखानसक्ने ठाउँ उपलब्ध गराइदिनुस् आफैँ गरेर खान्छन् जनताले ।’
अभिनेता बस्नेतले निर्वाचनताका हरेक पार्टीहरुले देश विकासको नाममा बाटो निर्माण, पानी, ग्याँस, इन्टरनेका सुविधा दिने कुरा गरेको भन्दै यो कुरा सरकारले नागरिकलाई दिनैपर्ने अधिकार भएको बताउनु भयो । उहाँले सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिकले काम गरेर जीवन यापन गर्न सक्षम रहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्