१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा


845
Shares

काठमाडौं । शाकार पन्तद्वारा निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ ।

लामो समय हास्य टेलिश्रृंखलाका रुपमा टेलिभिजनमा प्रसारण भएको ‘हिजो आजका कुरा’को नाममा फिचर फिल्म निर्माण गरिएको हो ।

चलचित्रले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ ।

‘माया जदौ’ गीतका कारण प्रदर्शन अगावै चर्चामा रहेको चलचित्रले ठूलो संख्यामा सिंगल थिएटर पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि राम्रो बुकिङ पाएको छ ।

चलचित्रमा हरेक नेपालीले भोगिरहेको वास्तविक कथामा निर्माण भएका कारण चलचित्रले पारिवारिक दर्शक तान्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, स्व. जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय रहेको छ ।

चलचित्रमा कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र साकार पन्त छन् भने सह-निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् । रवि सायमीको छायांकन रहेको चलचित्रलाई विनय कंसाकारले सम्पादन गरेका हुन् ।

‘हिजोआजका कुरा’का साथ आजैबाट भारतीय चलचित्र ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शनमा आएका छन् ।