
काठमाडौं । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरिएको छ ।
साेही आयोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन टीबीएमबाट सुरुङ खन्न लागेको हो । आयोजनाबाट मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाई सुविधा पुग्नेछ । आयोजनाबाट ३१.७ मेगावाट बिजुली समेत उत्पादन हुने सिंचाई मन्त्री पम्फा भुसालले जानकारी दिनुभयो ।
अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले मरिणखोलाबाट सुरुङ खन्न सुरु गर्ने आयोजनाले जनाएकाे छ।टीबीएममार्फत आधुनिक प्रविधि प्रयोग गरेर सुरुङमार्ग समयमै खनिसक्ने लक्ष्य आयोजनाले राखेकाे छ । ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी तालिका बनाएको आयोजनाले जनाएकाे छ ।
आयोजना सम्पन्नपछि मधेश प्रदेशको कृषि क्षेत्रमा सुधार हुने सिंचाई विभागको तर्क छ । मरिणको पानी बागमतीमा पुग्ने र बागमती सिंचाई आयोजनामार्फत थप १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने आयोजनाको लक्ष्य रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्