१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘चि मुसी चि’ निर्माण हुने


91
Shares

काठमाडौं । हरर थ्रिलर कथामा नेपाली चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण हुने भएको छ ।

शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रले टाइटल घोषणा गरेको हो । सिनेमा पौष महिनामा रिलिज गर्ने लक्ष्य राखेको चलचित्रको निर्माण पक्षले जनाएको छ ।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रले नेपालको हरर थ्रिलर चलचित्रमा एउटा ट्रेण्ड स्थापित गर्ने सक्ने विश्वास निर्माता अरुण चक्रावर्तीको छ ।

चलचित्रको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । चलचित्र नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ ।

चलचित्रमा रिञ्जु केसी र अरुण चक्रावर्तीको संयुक्त लगानी गरेका छन् ।