
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ ।
एपीएफलाई ४५-२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा पाचौं स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनलमा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए ।
फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए । फेन्सिङको अंक तालिकाअनुसार आर्मी च्याम्पियन बनेको छ । आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक प्राप्त गरेको छ । बागमतीले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, सशस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ । गण्डकी प्रदेशले ४ कास्य पदकसहित पाँचौ स्थानमा छ भने प्रदेश १ ले ३ कास्य पदक प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्