१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गाडी, मोबाइल र मदिरा आयातको प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस


0
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

उद्योगी व्यवसायीहरू ले प्रतिबन्ध खुलाउन दबाब दिएपनि मन्त्रालयले बन्देजलाई यथावत् राख्न सिफारिस गरेको छ । मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल लगायतका १० वस्तुको आयात बन्देज गर्ने निर्णय गरेको थियो ।

गत भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गरी चुरोट तथा सुर्ति, हिरा, टीभी, खेलौना, तास, कुरकुरे/लेजको प्रतिबन्ध फुकुवा गरेको थियो । ४ वस्तु गाडी, मोटरसाइकल, तयारी मदिरा, स्मार्ट फोनको आयात प्रतिबन्ध यथावत राख्ने निर्णय गरेको थियो । यो आयात प्रतिबन्धको अवधि शुक्रबार सम्मको छ ।

यी चार वस्तुको आयात प्रतिबन्धलाई पुनः यथावत राख्न मन्त्रालयले सिफारिस गरेको हो ।