९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप ४२ जना कोरोना संक्रमित


299
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ६९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार २६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।