
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नभएकाे बताउनुभएकाे छ ।
उहाँले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नुनभएको समेत बताउनुभएको हाे । कजाख्स्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि सञ्चारकमीसँग उहाँले अहिले युक्रेनमा ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभयो । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक रहेको उहाँको भनाइ छ ।
रुसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उहाँले यस्तो बताउनुभएको हो। फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका राष्ट्रपति पुटिनले मित्रराष्ट्रहरूबाट समेत आलोचनाको सामना गरिरहनुभएकाे छ । तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठिक गरिरहेको’ उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्