
काठमाडाैं । टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा करिब २५ जनाको मृत्यु भएको छ ।
शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । खानीमा ५० जना भन्दा बढी कामदार फसेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने क्रम जारी राखिएको टर्कीको गृह मन्त्रालयले जनाएको छ ।
बार्टिनको अमासरा शहरमा रहेको उक्त खानीमा ज्वलनशील ग्याँसका कारण विष्फोट भएको जनाइएकाे छ । विष्फोटका बेला खानीमा १ सय १० जना कामदार रहेको बताइएको छ । केही कामदार बाहिर आएपनि ५० जना भन्दा बढी खानीभित्र फसेकाले उनीहरुको उद्धार गर्ने काम भइरहेको छ ।
सन् २०१४ मा पनि टर्कीकै मानिसा प्रान्तमा भएको कोइला खानी विष्फोटमा ३ सय १ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्